शिवसताक्षी । फाक्तेप स्थित बालसेवा स्कुलको बस खरिदको लागि हङकङमा कार्यरत बुद्दीराज सेर्मा,( चापेता )को पहलमा ८० हजार रुपैया सहयोग प्राप्त भएको बिध्यलयले जनाएको छ ।
बिगत लामो समय देखि हङकङमा प्रबासि जिवन ब्यतित गर्दै आउनु भएका समाजसेवी बुद्धिराज सेर्मा( चपेता)ले यतिका रकम सन्कलन गरेर पठाउनु भएको हो । सामजिक कर्यमा निक्कै सक्रिय चपेताले भने यस अघि नै स्कुल बस खरिदको लगि ५१ हजार १ सय ५१ रुपैया र निजको भाइ अमर सेर्माको स्मृतिमा अक्षयकोष स्थापनाको लागि ५१ हजार रुपैया सहयोग पठाइ सक्नु भएको बिध्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले जानकारी दिनुभयो ।
त्यसैगरी चपेताको पहलमा सन्कलित हङकङमा कार्तरत नेपाली दाताहरु क्रमश मणि सेर्मा(डाइमण्ड) १० हजार , शान्ता सेर्मा ( नुमा ) १० हजार , यादन सेर्मा ( नुनाम) र १०, हजार , देबेन्द्र कुमार सेर्मा ( सिक्साम ) १० हजार , भवानी सेर्मा (बिबी) १० हजार , खिल बाहादुर सेर्मा (केबी)१० हजार , भुपेन्द्र चेम्जोङ (मिराक) १० हजार , भिम नेम्बाङ ( झापालि ) १० हजार , गरि जम्मा ८० हजार रुपैया रहेको बताइएको छ ।
यो सहयोग रकम सङै बिध्यालयको यातायात खरिदको लगि १२ लाख बडि आर्थिक सहयोग रकम संकलन भएको बताइएको बिध्यालयले जनएको छ ।
बिध्यलयले स्कुल बस खरिद सङै यहि फागुन २४ गते भब्यताको साथ स्वर्ण महोत्सव मनाउन तयारि आन्तिम चरण मा पुगेको विध्यालय व्यवस्थापन समितीका अध्यक्ष गोबिन्द ल्वागुनले बताउनु भयो ।