शिवसताक्षी । झापा शिवसताक्षी ७ , सिमाना चोक हाल काठमाडौ निवासी आङ्देम्बे परिवारले स्कुल बस खरिद्को लागि ६२ हजार ६ सय १५ रुपैया सहयोग गर्नुभएको छ ।
स्थानीय बाल सेवा आधारभुत बिध्यालयले सन्चालन गरेको स्कुल बस खरिद अभियानलाइ सहयोग पुर्याउन उक्त रकम बिधालयलाइ प्रदान गरेको बताइएको छ ।
आङ्देम्बे परिवारेले आफ्नो स्वर्गबासी आमा गङ्गामाया आङ्देम्बेको स्मृतिमा सहयोग गरेको बताउनु भएको छ ।उक्त बिध्यालयका पुर्व विद्यार्थीहरु समेत रहेका सुर्यकुमरी ,लिलाराज,शान्ता,कुमारी र सुजन आङ्देम्बेले सन्युक्त रुपमा उक्त सहयोग रकम बिद्यालयको स्कुल बस खरिदको लागि पठएको बताइएको छ ।
स्वर्गबासी आमाको बार्षिकी पुन्यतिथी आउन लगेको अवस्थामा हुन सक्ने खर्चलाइ कटौति गरि बिध्यालयले सन्चालन गरेको स्कुल बस खरिद महान अभियानलाइ सहयोग गेरेको दाता मध्येका एक लिलाराजले जानकारी दिनुभयो ।वहाँका अनुसार आमाको बार्षिकीमा कुनै न कुनै आश्रम वा कुनै क्षेत्रमा सहयोग गर्ने योजना थियो तर आफ्नो घर नजिकैको र आफु लगायत परिवारले अध्यान गरेको बिध्यालयले स्कुल बस खरिद अभियानलाइ सहयोग पुगोस भन्ने हेतुले उक्त रकम पठाएको बताउनुभयो ।
आङ्देम्बे परिवारको आमाको गएको बर्ष उपचारको क्रममा काठमाडौमा निधन भएको थियो ।निज दाता परिवारको आमा यस धर्तीमा ६२ बर्ष ६ महिना१५ दिन बाच्नु भएको हुनाले सोहि बराबरको रकम स्मरण रहोस भनेर प्रदान गरेको दाता मध्येका एक शुर्यकुमारी आङ्देम्बेको भनाइ छ ।
बिद्यालयमा बिद्यार्थीहरुको आवतजावतमा सहजताका लागि खरिद गर्न लागिएको बस खरिद अभियानमा हाल सम्म दाताहरुबाट उल्लेख्य सहयोग प्राप्त भइरहेको बिध्यलयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले बताउनु भयो । प्रधानाध्यापक कार्कीका अनुसार हाल सम्म सो प्रयोजनका लागि करिब १० लाख रुपैयाँ सहयोग जुटेको छ ।
२०३० सालमा स्थापना भएको सो बिद्यालयले ५०औ स्थापना दिवस यहि २४ गते मनाउने भएको छ ।गौरवमय इतिहासको सम्मान गर्दै बिद्यालयका संस्थापकहरुलाई सम्मान गरिन लागेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनले जानकारी दिनुभयो । वहाँले स्मार्ट बिद्यालयका रुपमा बिकास गरिँदै लगेको सो बिद्यालयलाई नगरकै एक नमुना बिद्यालय बनाउने अभियानमा बिद्यालयका भुत पुर्व बिद्यार्थीहरुको योगदान प्रशंसनिय भएको बताउनुभयो ।
देश विदेश जुनसुकै ठाउँमा रहेर पनि हिजोको दिनका बिद्यार्थीहरु, आजका अभिभावक बन्नु भएको छ उहाँहरुकै इच्छा र चाहना अनुसार हामी यो बिद्यालयमा बिकासको योजना अघि बढाइरहेका छौं , अध्यक्ष ल्वागुनले भने । उनका अनुसार बिद्यालयका अभिभावकहरुले निजी बिद्यालयको बिकल्पका रुपमा गुणस्तरीय अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेको बालसेवालाई स्थानीय सरकार र शैक्षिक सरोकारवालाहरुले उच्च प्राथमिकतामा राखेको कारण पनि यो बिद्यालयको चौतर्फी बिकास सम्भव भएको हो ।
अंग्रेजी माध्यमबाटनै कक्षा ८ सम्म अध्ययन अध्यापन गराइरहेको सो बिद्यालयले पछिल्लो समय स्थानीय भाषाका रुपमा रहेको लिम्बु भाषालाई ऐच्छिक बिषयका रुपमा कक्षा १ मा अध्यापन गराइरहेको छ । लिम्बु भाषा अध्ययनमा सो कक्षाका १ जना बिद्यार्थीहरु इच्छुक भएर अध्यान गरिरहेका छ्न । देखिएका छन । उनीहरुले नियमित रुपमा लिम्बु भाषाको विशेष कक्षा लिइरहेका छन ।
बिद्यालयमा शिक्षक र बिद्यार्थीहरुबीच नियमित खाजामा पनि समानताको अभ्यास गरिरहेको छ । बिद्यालयमा साताभरी ५ प्रकारका खाजा दिने गरिएको छ । बिद्यार्थी र शिक्षकहरुले खाने खाजामा एकरुपता छ बिद्यार्थीहरुका लागि जे पाक्छ, शिक्षकहरु पनि त्यही खाजा खानु हुन्छ, बिद्यालयका प्रधानाध्यापक कार्कीले भनुभयो ।