logo
शुक्रबार, साउन २९ २०८३

नागरिक उन्मुक्ति पार्टीको २०८० फाल्गुन ५ गते बसेको के सचिवालय बैठकको निर्णय सार्वजिनक


  • कुइनेटो न्युज
  • शनिबार, फाल्गुन ५ २०८०

 चुलचुली ईलाम।  आज मिति २०८० फाल्गुन ५ गतेका दिन नागरिक उन्मुक्ति पार्टीको प्रथम केन्द्रीय सचिवालय बैठक राष्ट्रिय अध्यक्ष श्री रेशम लाल चौधरीको अध्यक्षतामा इलामको चुलाचुली गाउँपालिका वडा नंम्बर ४ स्थित आइतबारेमा बसेको बैठकले विभिन्न निर्णण गरेको छ ।

बैठकले तपसिल बमोजिमका निर्णयहरु पारित ग¥यो ।
तपसिल
१ प्रदेश नंन्बर १ को नामाकरणलाई लिएर भईरहेको पहिचानवादीहरुको आन्दोलन प्रति ऐक्यवद्धता जनाउँदै प्रदेश सरकारले जर्वरजस्त रुपमा नामाकरण गरेको कोशी नाम खारेजीको माग गर्दै, पहिचानको आधारमा नाम झल्काउनेगरी कोचिला, किरात, लिम्बुवान प्रदेश (कोकिली) नामाकरणका लागि पहल गर्ने ।

प्रदेश १ को नामाकरण “कोकिली” बारे पहिचानवादी संघसंस्था र सबै राजनीतिक दलहरुसँग निरन्तर छलफल चलाउने ।

२ .  २०८१ मा हुने संघ, प्रदेश र स्थानीय तहको उप–निर्वाचनबारे ब्यापक छलफल गरी पार्टीको तर्फबाट उम्मेद्वारी दिने ।
३.  पार्टीको केन्द्रीय महासमिति सदस्य विस्तारिकण समानुपातिक समावेशी वनाउने ।
४.  भूमि (जग्गा)मा देखिएको समस्या समाधानका लागि र सहकारीका पिडितहरुलाई राहत दिने तथा कानुन विपरित कार्य गर्ने सहकारीलाई कारवाहीको दायरामा ल्याउन विज्ञहरुको टोली गठन गरि तत्काल समस्या समाधान गर्न पहल गर्ने ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend