कमल । सहारा नेपाल साकोस केर्खा सेवाकेन्द्र द्वारा सरहे खर्च बापत सदस्यलाई ६० हजार नगद प्रदान गरेको छ ।
सस्थाले सदस्यको मृत्यु पश्चात प्रदान गर्दै आएको सहरे खर्च बापतको रकम रकम प्रदान गरेको हो ।
साकोसको केर्खा सेवा केन्द्रका शेयर सदस्य कमल गाउपालिका ३ निवासी टुकादेबि (मनमाया) न्यौपानेको गत माघ २७ गते असमायिक निधन भएको थियो ।
न्यौपानेको निधन पछि परिवारका सदस्यलाई सहरे खर्च बापात ३० हजार र संस्थाले आफ्ना मुल सेयर सदस्य एवम एकाघरका सदस्यको निधन हुँदा काजकृया बापत थप ३० हजार रुपैया गरि जम्मा ६० हजार रुपैया प्रदान गरेको साकोस सेवा केन्द्र केर्खाका प्रमुख विकास गिरीले जानकारी दिनुभयो ।
मृतक टुवादेबी कमल गाउँपालिका शिक्षा शाखाका प्रमुख सुर्य प्रसाद न्यौपानेकी आमा र सस्थाका शेयर सदस्य सबिना ओझाको कर्ममाता हुनुहुन्थ्यो ।
रकम हस्तन्तरण कार्यक्रममा ३ नम्वर वडा अध्यक्ष अग्नि प्रसाद कोईराला,साकोस सेवा केन्द्र सहयोग उपसमिती संयोजक शिव कुमार भट्टराई,सदस्यहरु यामनाथ पराजुली ,तुलशी तिवारी,देबिमाया बस्नेत, उर्मिला रिजाल, सेवा केन्द्र प्रमुख बिकास गिरि, शेयर सदस्य देबि प्रसाद दाहाल ,महेन्द्र अर्जेल र कर्मचारी तथा समुहका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।