logo
शुक्रबार, साउन २९ २०८३

शहीद धर्मभक्त माविद्वारा खेलाडीलाई सम्मान तथा पुरस्कृत


  • उमानाथ भण्डारी
  • शुक्रबार, फाल्गुन ४ २०८०

कमल ÷ कमल गाउँपालिका ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयले बिहीबार एक कार्यक्रमको आयोजना गरी खेलाडीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

 


विद्यालयले गाउँपालिका स्तरीय भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण , रजत र काश्य पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

विद्यालय बाट सहभागी भएका ४० जना खेलाडी मध्ये ३५ जनाले विभिन्न विधाका खेलामा पदक जितेका थिए । जस अन्तर्गत व्यक्तिगत तर्फ ९ स्वर्ण समूहगत तर्फ ( रिले र कबडी) २ गरी जम्मा ११ स्वर्ण , ५ रजत र ४ काश्य पदक जितेका थिए ।

पदक विजेता खेलाडी लाई गाउँपालिकाबाट प्राप्त पदक र प्रमाणपत्रका साथै विद्यालयकातर्फबाट नगद रकम द्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडा , विद्यालयका प्रधानाध्यापक मधुसुदन अधिकारी तथा खेल शिक्षक विजय सापकोटा र मात्रिका सुवेदी लगायत विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाले सम्मान तथा पुरस्कृत गर्नुभएको थियो ।

त्यस्तै कमल १ स्थित नरेन्द्र जनताको ५६ औं वार्षिक उत्सव तथा अक्षरारम्भ दिवसका अवसरमा भएको विज्ञान प्रदर्शनीमा उत्कृष्ट भएका यस विद्यालयका छात्रहरू भीमसेन थापा र विपिन गुरुङलाई समेत पदक तथा प्रमाणपत्र द्वारा पुरस्कृत गरिएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend