कमल । कमलनगर जेसिज वर्ष २०२३ का अध्यक्ष जेसी रिजु कार्की नेपाल जेसीज वर्ष २०२४ को लागि राष्ट्रिय वातावरण कमिटीको सदस्य (National Environment Committee, Member) पदमा मनोनित हुनु भएको छ ।

नेपाल जेसीज वर्ष २०२४ को अभियानलाई सफल बनाउन ,समय सापेक्ष उत्कृष्ट एवं उपलब्धिमुलक कार्यक्रमहरु सञ्चालन गरी युवाहरको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यमद्वारा प्रष्फुटन गराई सार्थक परिणाम सहित कुशल नेतृत्व तथा सबल व्याक्तित्व विकासमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै कार्कीलाई राष्ट्रिय वातावरण कमिटीको सदस्यमा मनोनित गरेको नेपाल जेसीजले जनाएको छ ।