कमल ÷ झापाको कमल गाउँपालिकामा वैदेशिक रोजगारी बाट फर्किएका व्याक्तिहरुको लागी पुनः एकिकरण कार्यक्रम (रेमी)ले शाखा प्रमुखहरु सँग समन्वय बैठक सम्पन्न गरेको छ ।
बैठकमा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई ,उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य लगायत शिक्षा, स्वास्थ्य,कृष्ाि ,पशुसेवा , लेखा, प्रशासन, वडा सचिव , पुर्वाधार,महिला तथा वालबालिका,रोजगार,सुचना तथा प्रविधी ,लगायतका शाखाका शाखा प्रमुख सँग वैदेशिक रोजगारी बाट फर्किएका व्याक्तिहरुको लागी पुनः एकिकरण कार्यक्रमका बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्किएका व्याक्तिहरुलाई आर्थिक र सामाजिक रुपमा सवल बनाउन विभिन्न किसिमका तालिम प्रदान गरिने र विदेशमा सिकेको सिपलाई स्वदेशमै सन्चालनका लागी के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराईएको थियो ।