logo
शुक्रबार, साउन २९ २०८३

झापा गोल्ड कपको मिति नजिकिँदै जाँदा उच्च पदस्थ व्यक्तित्वहरु द्वारा प्रतियोगिता सफलताको लागि सहयोगको आश्वासन


  • कुइनेटो न्युज
  • मंगलबार, फाल्गुन १ २०८०

बिर्तामोड । झापा गोल्ड कपको छैटौँ संस्करणको मिति नजिकिँदै जाँदा उच्च पदस्थ व्यक्तित्वहरुले प्रतियोगिताको सफलताका लागि सहयोगको आश्वासन दिएका छन् ।

सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री केपी शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, उद्योगमन्त्री रमेश रिजाल, काठमाडौँ नगरप्रमुख बालेन्द्र शाह लगायतले प्रतियोगिताको शुभेच्छा व्यक्त गरेका छन् ।

झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, महासचिव गजेन्द्र पौडेलसहितका पदाधिकारीहरुले सभामुख घिमिरे, पूर्वप्रधानमन्त्री शर्मा, महानगरप्रमुख शाह, मन्त्री किराती, मन्त्री रिजाल लगायतलाई भेटेर गोल्ड कपको प्रस्तावनापत्र समेत प्रदान गरेका छन् ।

मोफसलको प्रतिष्ठित प्रतियोगिताका रुपमा हेरिने झापा गोल्ड कप सञ्चालनका लागि आवश्यक सहयोगका लागि सहजीकरण गरिदिन नेताहरुले आश्वासन दिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

झापा गोल्ड कपका पदाधिकारीहरुले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीसँग पनि भेट गरेका छन् ।
यही फागुन १९ गतेदेखि हुने दर्शकको सर्वाधिक उपस्थिति रहने यो प्रतियोगिताको छैटौँ संस्करणको मुख्य प्रायोजक यती ब्रुअरीको उत्पादन अर्ना रहेको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend