logo
मंगलबार, कार्तिक ११ २०८३

छैटौँ संस्करणको झापा गोल्डकप २०८०को मुख्य प्रायोजक यती ब्रुअरी


  • हिमाल खरेल
  • बुधबार, माघ २४ २०८०

बिर्तामोड । छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । ।

यती ब्रुअरीको कुनै एक उत्पादनले प्रतियोगितामा टाइटलका रुपमा स्थान पाउनेछ । काठमाडौँमा भएको सम्झौतापत्रमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका तर्फबाट रिजनल मेनेजर शंकर लुइँटेलले हस्ताक्षर गर्नु भएको छ ।

कार्यक्रममा यती ब्रुअरीका ब्रान्ड एम्बेसडर प्रतिपल अधिकारी एसिसटेन्ट ब्रान्ड मेनेजर गोरखा श्रेष्ठ, झापा गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलको उपस्थिति रहेको थियो ।

प्रतियोगिता यही फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको तयारी सुरु गरिएको छ । अहिले मैदानको स्तरोन्नति धमाधम भइरहेको छ ।
छैटौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लब, विभागीयसहित नेपालका ए डिभिजन क्लब र विदेशी क्लबको सहभागिता रहनेछ ।
टिमहरु निश्चित भएपछि केही दिनमै खेलतालिका सार्वजनिक गरिने झापा गोल्डकपको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend