logo
मंगलबार, कार्तिक ११ २०८३

ओएसिस एकाडेमीकाे २१औ बार्षिक उत्सब सम्पन्न


  • गाेविन्द ल्वागुन
  • शनिबार, माघ १३ २०८०

शिवसताक्षी । झापको शिवसताक्षी ८ स्थित शृजना चोकमा रहेको ओएसिस एकाडेमीले शुक्रबार २१औ बार्षिक उत्सब धुमधामले मनाएको छ ।
बिध्यालय परिसरमा आयोजित कार्यक्रमको शिवसताक्षी नगरपालिका वडा नम्बर ८का अध्यक्ष सन्तकुमार फेवदिनले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै उहाले शिक्षा नै सबै भन्दा ठुलो धन भएकोले नियमित पठन पाठन गर्न गराउन सबै बिध्यार्थी तथा अभिभावकहरुलाइ आग्रह गर्नु भयो । वाडाको दक्षिणी भेल्टमा स्थापित यस बिध्यलयले पनि ब्यबहारिक र सस्कार सहितको शिक्षा दिदै असल बिध्यार्थी उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । उहाले यस बिध्यलयलाइ आवस्यक परेमा आफ्नो र वाडाको तर्फबाट सदै सकारात्मक सहयोग रहने धारणा समेत राख्नु भयो ।

कार्यक्रममा बिद्यालयका प्रीन्सिपल उदयप्रकाश राइले बिध्यालयको भाबी योजना ,लक्षय र उदेश्य प्रस्तुत गर्नु भयो ।उहाले कक्षा ८ सम्मको स्वीकृति पाएको भए पनि हाल सात कक्षा सम्म मात्र पढाइ भैरहेकोले यहि शैक्षिक सत्र बाट कक्षा ८ सम्म अध्यापन गराउने बताउनु भयो ।

त्यस्तै उहाले बिध्यालयको पोसाक परिवर्तन गर्ने र यो बर्ष सर्ट मात्र परिवर्तन गरि कपडा निशुल्क बितरण गर्ने जानकारी दिनु भयो ।उहाले आफना बाल बच्चाहरुको पहिलो पाठ्शाला भनेको घर भएकोले घरमा नियमित गृहकार्य गराए पढ्ने वातावरण मिलाइदिन सबै अभिभावक हरुलाइ आनुरोध गर्नु भयो ।

सो अवसरमा कक्षा ७ का क्षात्राहरु सुप्रीया बोखिम, प्रतीक्षा चौधरी ,गृश्मा पौडेल ,अलिशा खड्काले क्रमशः निबन्ध ,कबिता र गित प्रस्तुत गरेका थिए ।त्यसैगरी कक्षा १का बिध्यर्थीहरुले र्यामस गएर उपस्थित सबैलाइ मनोरञ्जन दिलाएका थिए ।

उक्त अवसरमा सस्थापक अभिभावक भिमप्रसाद प्रसाइ ,मणि लिम्बु,वाडा नम्बर ७अध्यक्ष भुवानीबिक्रम चेम्जोङ कार्यक्रमको शुभकामना सहित आ आफ्नो धारणा राखेका थिए ।

अभिभावकहरुको उल्लेख्य मात्रमा उपस्थिति रहेको कार्यक्रमको स्वागत मन्तब्य मिना राइले बोलेको कार्यक्रमको सन्चालन शिक्षाक द्वोय बिबेक भुर्तेल र तारा मिसले गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend