कमल ÷ पुर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न कार्यक्रम गरी आफ्नो २४ औं वार्षिकोत्सव मनाएको छ ।
कमल २ क्याम्पामा मुख्य कार्यालय रहेको सहकारीले आफ्नै सभाहलमा सम्पन्न २४ औं वार्षिकोत्सवका अवसरमा रक्तदान र निःशुल्क आखा शिविर सञ्चालन गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ३२ जनाले रगत दान गर्नु भएको कार्यक्रम संयोजक संकेत रेग्मीले जानकारी दिनु भयो ।
त्यस्तै मेची नेत्रालय दमकको प्राविधिक सहयोगमा सम्पन्न निःशुल्क आँखा शिविरमा १९३ जनाले आँखा परिक्षण गराउनु भएको थियो जसमा ११ जनालाई मोति बिन्दुको समस्या देखाएकोले थप उपचारका लागी अस्पताल पठाइएको संयोजक रेग्मीले बताउनु भयो ।
कार्यक्रम संस्थाका अध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।