logo
शुक्रबार, साउन २९ २०८३

चुलचुली १ मा भव्यरुपमा चासोक तङनाम मनाईयो


  • उमानाथ भण्डारी
  • आइतबार, पुष २९ २०८०

चुलचुली । ईलामको चुलाचुलीमा १ मा लिम्बू समुदायले चासोक तङनाम मनाएका छन् ।
चासोक तङनाम समिति चुलचुली १ ईलामको आयोजनामा ,चुलाचुली गाउँपालिकाको प्रायोजनमा र वडा नम्वर १ को सह आयोजनामा शनिवार भव्यरुपमा चासोक तङनाम मनाईएको हो ।
समितिले बृहत साँस्कृतिक कार्यक्रम सहितको चासोक तङनाम उधौली पर्ब २०८० (यले तङबे ५०८३ न्वागी पूजा ) मनाएको हो ।
किराँत लिम्बू समुदायले चासोकलाई विभिन्न जातजाति र भाषभाषीहरुसँग जोडदै आपसी सदभावसहित शुभकामना साटासाट गरेर चासोक तङनाम मनाएको स्थानिय सन्तोस थाम्सुहाङ्गले जानकारी दिनुभयो ।
कार्यक्रममा तारा प्रसाद लिम्बु, सुनिता थेगिम, राम लिम्बु, कुशल थलुङ्ग, दिलिप माखिम र सिद्वान्त खड्का लगायतका राष्ट्रिय तथा स्थानिय कलाकारले प्रस्तुती गर्नु भएको थियो ।
आयोजक समितिका संयोजक राजेश फागोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ्ग, विषेश अतिथी यासेली योङ्गहाङ्ग, ज्ञानुदय लावती र १ नम्वर वडा अध्यक्ष पुर्णलावती लगायतले चासोक तङनाम का विषयमा वोल्नु भएको थियो । कार्यक्रम मिना नेम्वाङ्गले सन्चालन गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend