logo
शुक्रबार, साउन २९ २०८३

शहीद धर्मभक्तमा पुर्व विद्यार्थी समाज तदर्थ समिति को अध्यक्षमा ः मनोज 


  • उमानाथ भण्डारी
  • शनिबार, पुष २८ २०८०

कमल÷ झापाको कमल गाउँपालिका ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरूको भेलाले  पुर्व विद्यार्थी समाज तदर्थ समिति गठन गरेको छ ।
नवगठित  तदर्थ समितिको अध्यक्षमा मनोज गुरुङ चयन हुनुभएको छ ।
त्यसैगरी उपाध्यक्षमा रविन सुब्बा सचिव त्रिलोचन गौतम,  सह सचिव रोमादेबी निरौला, कोषाध्यक्ष नवराज नेम्वाङ चयन हुनुभएको  आयोजकले जनाएको छ  ।
त्यस्तै सदस्यमा भूमिराज भण्डारी, राम प्रसाद रिमाल, लोकेन्द्र पौडेल, गणेश न्यौपाने, भीम प्रसाद तिम्सिना, सुरेश सुब्बा, मुकेश ठाकुर लक्ष्मण बोहोरा, राजन चापागाईँ र राम कुमारी सुब्बा चयन हुनु भएको हो ।
पुर्व विद्यार्थी तथा हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाको अध्यक्षतामा भएको भेलामा  विद्यालयका प्रधानाध्यापक मधुसुदन अधिकारीले विद्यालयको वर्तमान अवस्थाका बारेमा प्रकाश पार्दै पूर्व विद्यार्थीले खेल्नुपर्ने भूमिकाको साथै विद्यार्थीको अपेक्षाका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रम पूर्व विद्यार्थी तथा हाल विद्यालयका शिक्षक भिमचन्द्र न्यौपानेले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend