कमल । झापाको कमल गाउँपालिका २ का एक कृषकको खेतमा अहिले सम्मकै ठुलो सिमल तरुल फलेको छ ।
गाउँपालिका २ समायगढ निवासी कर्ण बहादुर गुरुङ्गको खेतमा फलेको सिमल तरुलको तौल १६ किलो ५ सय ग्रमा र लम्बाई साडे आड फुट रहेको स्थानिय रामहरी घिमिरेले जानकारी दिनुभयो ।
गुरुङ्गको खेतमा अहिले सम्मकै ठुलो सिमल तरुल फलेको जानकारी प्राप्त भएपछि कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गुरुङ्गको घरमै पुगेर प्रोत्साहन बापत २ हजार ५ सय रुपैया नगर प्रदान गर्नु भएको छ ।
गाउँपालिकाका अध्यक्ष बाट नगद पाएपछि गुरुङ्ग निकै उत्साहित हुनुभएको थियो ।