बिर्तामोड । बिर्तामोड स्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा रहेको बाल क्लबले अर्जुनधारा नगरपालिका ८ मा रहेको चन्द्रोदय प्राथमिक बिद्यालयका ७५ जना बालबालिका लाई स्विटर , कपि ,पेन्सिल लगायतका सामाग्री बितरण गरिएको प्रधानाध्यापक अनुप शर्माले जानकारी दिनुभयो ।एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीको सहयोगमा बाल क्लबले ४५ हजार मूल्य बराबरको सामाग्री बितरण गरिएको क्लबकी अध्यक्ष कृषा दुलालले बताइन् । उनका अनुसार बिद्यालयका शिक्षक,विद्यार्थी र बालक्लबको सहयोग रहेको बताउनुभयो ।
कार्यक्रममा अर्जुनधारा ८ का वडाध्यक्ष कुमार उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड लेडिको अभिभावकिय साथ रहेको थियो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष उप्रेतीले एक बिद्यालयले अर्को बिद्यालयका विद्यार्थी लाई सहयोग गर्दै रचनात्मक कार्य गरेकोमा प्रशंसा ब्यक्त गर्नुृभएको थियो ।
। एभरेष्ट स्कुलका प्रधानाध्यापक शर्माले बालबालिकाको क्षमता सामाजिक अभियानमा पनि निर्माण हुनुपर्ने बताउदै कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
कार्यमा चन्द्रोदयका प्रधानाध्यापक टंक प्रसाद आचार्य ,लायन्स अध्यक्ष निरु ओलिले शुभकामना राख्नुभएको थियो । बाल क्लब अध्यक्ष कृषा दुलालको अध्यक्षता रहेको कार्यक्रमको संचालन फोकल पर्सन तृष्णा अधिकारीले गर्नुभएको थियो ।
बिपन्न्न बर्गका बालबालिका अध्ययनरत सो बिद्यालयमा हाल ७५ जना बालबालिका अध्ययनरत रहेको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो ।