कमल ÷ कर्मणी बचत तथा ऋण सहकारी संस्थाले केर्खा बजार व्यवस्थापन समितिलाई गमला प्रदान गरेको छ ।
सहकारीका सिद्धान्त मध्ये सामाजिक उत्तरदायित्व अन्तर्गत बजारलाई सात थान सिमेन्टका गमला वितरण गरिएको संस्थाका निवर्तमान अध्यक्ष त्रिलोचन गौतमले जानकारी दिनुभयो ।
सहकारी द्वारा प्राप्त गमलाले बजारको सौदर्यकरणमा सहयोग पुग्ने केर्खा बजार व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र दाहाल (देबु) ले बताउनु भयो ।