कमल ÷ कर्मणी बचत तथा ऋण सहकारी संस्थाको आज ७ औं वार्षिक साधारण सभाबाट आगामी कायृकालकालागी अध्यक्षमा दुर्गाबहादुर बानिया निर्वाचित हुनुभएको छ ।
त्यसैगरी समितिको उपाध्यक्षमा बिकाश घिमिरे,सचिव शान्तिराम दाहाल,कोषाध्यक्ष सर्मिला लिम्बु सर्वसम्म निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै सदस्यमा धनमाया थापा, धनमाया नेपाल, सन्तोष गौतम, गोपाल न्यौपाने र दुर्गादेवी राया निर्वाचित हुनुभएको छ ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णकुमारी आचार्य तथा सदस्यमा रुद्रबहादुर बानिया र रेवतबहादुर बस्नेत निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको ।
झापाको कमल गाउँपालिका ३ केर्खामा कार्यालय रहेको सहकारीको साधारण सभाको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले पानस बत्ती बालेर सभाको उद्घाटन गर्नुका साथै संस्थाको नयाँ कार्यलय भवनको समेत रिबन काटेर उद्घाटन गर्नु भएको थियो ।
सस्थाका अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा सम्मपन्न कार्यक्रम संस्थाका सचिव लेखनाथ सुवेदीले सञ्चालन गर्नु भएको कार्यक्रममा अतिथिलाई संस्थाका सदस्य दुर्गा प्रसाद बनियाले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।