logo
शुक्रबार, साउन २९ २०८३

वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेले दिए पत्रकार महासंघ झापालाई ५० थान कुर्सी


  • कुइनेटो न्युज
  • आइतबार, पुष ८ २०८०

बिर्तामोड।  बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नेपाल पत्रकार महासंघ झापा शाखालाई ५० थान कुर्सी प्रदान गरेका छन् ।
न्यौपानेले आज शनिबार बिर्तामोडस्थित महासंघको कार्यालयमा पुगेर कुर्सी हस्तान्तरण गरेका हुन् । महासंघको कार्यालयमा पत्रकारहरुको क्षमता वृद्धि लगायतका कार्यक्रमका लागि विभिन्न सामग्री अभाव भएको बेला न्यौपानेले उक्त सहयोग गरेको महासंघ झापाले जनाएको छ ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीले ५० थान कुर्सी प्रदान गरेकोमा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेलाई धन्यवाद ज्ञापन गरे । न्यौपानेले समाज परिवर्तनका लागि अहोरात्र खट्ने सञ्चारकर्मीको हितमा  सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै पत्रकारहरुको छाता संस्था महासंघलाई आवश्यक सामग्री सहयोग गर्न अन्य दातालाई पनि आग्रह गरेका छन् ।
बिर्तामोड निवासी न्यौपाने तीन दशकदेखि व्यवसायिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल छन् ।
कुर्सी हस्तान्तरण कार्यक्रममा महासंघकी उपाध्यक्ष सुशिला संग्रौला, सहसचिव अर्जुन राजवंशी, कार्यसमिति सदस्य विनोद पाण्डे, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, सञ्चारकर्मीहरु उद्धव पुरी, राजकुमार ओली, भरत प्रसाई, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend