कमल । झापाको कमल गाउँपालिका स्थापना भएको कमलनगर जेसिजले स्वस्थ क्षेत्रमा सबैभन्दा उत्कृष्ट कार्यक्रम गरे बापत सम्मानित भएको छ ।
बुटवल जेसिजको आतिथ्यता तथा नेपाल जेसीज सन् २०२३ को ५० औं राष्ट्रिय महाधिवेशनका अवसरमा आयोजित कार्यक्रममा नेपाल जेसिजको क्षेत्र ‘क’ अन्तर्गतका जम्मा ४३ वटा शाखाहरु मध्ये स्वास्थ क्षेत्रमा सबैभन्दा उत्कृष्ट कार्यक्रम गरे बापत Best LOM T0 Conduct Program In Health Sector, In Area æAÆ अवार्डद्वारा सम्मानित भएको छ ।
त्यस्तै कमलनगर जेसीज वर्ष २०२१ का जेसी छत्रपति खनाल (गोपाल)लाई जेसिआइ सिनेटरसीप प्रदान गरिएको तथा कमलनगर जेसीज वर्ष २०२२ का अध्यक्ष तथा २०२३ का मिडिया को–अर्डिनेटर जेसी नारायण बस्नेतले मिडियाको क्षेत्रमा उत्कृष्ट काम गरेबापत नेपाल जेसिजभरीको पहिलो मिडिया क्षेत्रबाट MTOT मास्टर टटबाट दिक्षित हुनुभएको कमलनगर जेसिज वर्ष २०२३ का महासचिव हरी अधिकारी बताउनुभएको छ ।