logo
मंगलबार, कार्तिक ११ २०८३

प्याब्सन झापाको स्पोर्ट मिट  सुरु


  • कुइनेटो न्युज
  • शुक्रबार, पुष ६ २०८०

कमल÷ निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन झापाले  प्याब्सन स्पोर्ट मिट २०८० सुरु   गरेको छ  ।
यसैक्रममा झापा प्याब्सनको आयोजना तथा कमल  प्याब्सनको संयोजनमा आज बाट गाउँपालिका स्तरीय विभिन्न अतिरिक्त क्रियाकलाप सुर भएका छन् ।
कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले  भलिबलका रेफ्रीलाई बल हस्तान्तरण गरेको  पहिलो दिनको खेल उद्घाटन गर्नु भएको थियो ।
चारदिन सम्म सञ्चालन हुने प्रतियोगितामा  ५ र ६ गते कमल ३ स्थित केर्खा खेल मैदान र ७ र ८ गते  कमल ५ स्थित आदिवासी रङ्गशालामा खेल सञ्चालन हुने खेल संयोजक सागर बरालले जानकारी दिनु भयो ।
प्रतियोगितामा  कमल गाउँपालिकामा रहेको १९ वटा संस्थागत विद्यालयका विद्यार्थीले  बुटवल, भलिबल, क्रिकेट, छेलो हान्ने, टिटी, दौड लगायतका खेलमा प्रतिष्पर्धा गर्ने  प्याब्सन झापाका सदस्य त्रिलोचन गौतमले बताउनु भयो ।
प्याब्सन कमलका अध्यक्ष बदीराम राईको अध्यक्षतामा सम्पन्न उद्घाटन  कार्यक्रमको सञ्चालन सचिव दीपक संग्रौला गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend