logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकामा ड्राईभिङ्ग तालिम सुरु


  • कुइनेटो न्युज
  • शुक्रबार, मंसिर १५ २०८०

कमल । झापाको कमल गाउँपालिकामा आज बाट ड्राईभिङ्ग तालिम सुरु भएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेका बेरोजगार युवाहरुलाई लक्षित गरेर तालिम आयोजना गरिएको हो ।
कमल गाउँपालिकाको आर्थिक सहयोग र चन्द्रसुर्य सिप विकास सस्था दमकको प्रविधिक सहयोग सन्चालित तालिममा ४० जना युवा सहभागी रहेका थिए । तालिम एक महिना सम्म सन्चालन रहने महिला तथा वालवालिका शाखा प्रमुख रिता कार्कीले जानकारी दिनुभयो ।
तालिमको पहिलो दिन आज ट्राफिक प्रहरी पोष्ट केर्खामा ईन्चार्ज प्रहरी सहायक निरिक्षक अनिष खड्का र ट्राफिक प्रहरी भोजराज चम्लागाँईले सहजीक करण गर्नुृ भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend