logo
शुक्रबार, साउन २९ २०८३

पतन्जलि योग समिति कमल र ज्योति साधना केन्द्रले गरे द्येउसी विसर्जन


  • कुइनेटो न्युज
  • शनिबार, मंसिर ९ २०८०

कमल । पतन्जलि योग समिति कमलले शुक्रवार बिहान एक कार्यक्रमका बिच द्येउसी भैलो कार्यक्रमलाई विषर्जन गरेको छ ।
कमल गाउँपालिका ३ स्थित सिंहदेवी सामुदायीक भवनको सभाहलमा द्येउसी भैलो कार्यक्रमलाई विषर्जन गरेको हो ।
पतन्जलि योग समिति कमल अन्तर्गत साँस्कृतिक उपसमितिका संंयोजक देवी प्रसाद चापागाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
विभिन्न गित संंंगीतमा नृत्य गर्दै द्येउसी विसर्जन गरिएको थियो । कार्यक्रकको संचालन पतन्जलि योग समिति कमलका महामन्त्री मोहनलाल खनालले गर्नु भएको थियो भने द्येउसीमा संकलन भएको जम्मा रुकम ३८ हजार चारसय रुपैया जम्मा भएको कोषध्यक्ष रबिन्द्र चापागाईले जानकारी गराउनु भएको थियो ।

त्यसैगरी पतन्जलि योग समिति कमल अन्तर्गत ज्योती साधना केन्द्रले शनिवार एक कार्यक्रमका बिच द्येउसी भैलो कार्यक्रमलाई विषर्जन गरेको छ ।
कमल गाउँपालिका ४ स्थित सिद्धार्थ सामुदायीक भवनको सभाहलमा द्येउसी भैलो कार्यक्रमलाई विषर्जन गरेको हो ।

पतंन्जलि योग समिति कमल ४ का वडा संयोजक मित्रलाल पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा द्येउसीलाई सहयोग पुर्या वापत कलाकारलाई नगद तथा सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
विभिन्न गित संंंगीतमा नृत्य गर्दै द्येउसी विसर्जन गरिएको थियो । कार्यक्रकको संचालन ज्योती साधना केन्द्रका संयोजक सिता निरौलाले गर्नु भएको थियो भने द्येउसीमा ६२ हजार २ सय ८५ रुपैया संकलन भएको थियो ।
कार्यक्रममा महिला पतंन्जलि समितिका झापाका अध्यक्ष प्रेमकला निरौला, जिल्ला सदस्य कृष्ण प्रसाद ओझा, पतंन्जलि योग समिति कमलका अध्यक्ष त्रिलोचन गौतम ,महामन्त्री मोहनलाल खनाल लगातको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend