logo
शुक्रबार, साउन २९ २०८३

पत्रकार उपचार कोषलाई दुलालको सहयोग


  • कुइनेटो न्युज
  • शुक्रबार, कार्तिक २४ २०८०

बिर्तामोड।झापा बाह्रदशीका सामाजिक व्यक्तित्व तथा राजनीतिकर्मी रामप्रसाद दुलालले पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा  दुलालले शुक्रबार उक्त रकम सहयोग प्रदान गरेको महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
दुलालले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित अक्षयकोषलाई लक्ष्य अनुसार एक करोडको पु¥याउन आगामी दिनमा पनि सहयोग गर्ने बताउदै अरुलाई पनि सहयोगका निम्ति अपिल गरेका छन् ।

महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा दुलाललाई धन्यवाद ज्ञापन गरे ।
रकम हस्तान्तरण कार्यक्रमको सहजीकरण उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । कार्यक्रममा महासंघका कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्य रञ्जित परियार, होमप्रकाश अधिकारी तथा दिलकुमार नेम्वाङ लगायतको सहभागिता थियो ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषलाई १ करोड पुर्याउन सहयोगका निम्ति महासंघले सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend