कमल÷ झापाको कमल गाउँपालिकामा जारी चौथो अन्तर वडा स्तरीय नकअउट फुटबल प्रतियोगीको शुक्रवार सम्पन्न दोश्रो सेमिफाईनल खेलमा वडा नम्वर १ लाई शुन्यका विरुद्ध ४ गोल गर्दै वडा नम्बर ४ लाई फाईनल प्रवेश गरेको छ ।
प्रतियोगितामा दुबै गोल वडा नम्वर ४ का तर्फ बाट लक्षण बेघाले २ गोल र रोनिस लिम्बुले २ गोल गर्दै आफ्नो टिमलाई फाईन प्रवेश गराउनु भएको हो ।
खेलको म्याद अफ दी म्याच वडा नम्वर १ का साम्बा मुर्मु हुनुभएको थियो वहाँले नगद, ट्रफि ,प्रमाण पत्र र मेडल प्राप्त गर्नु भएको थियो ।
आज हुने शनिवार हुने फाईनल खेल वडा नम्वर ४ र ५ का बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
खेल वडा नम्बर ७ विष्णुकठ्ठा स्थित श्री सिंहदेवी आधारभुत विद्यालयको खेल मैदानमा भैरहेको छ ।