कमल÷ झापाको कमल गाउँपालिकामा सम्पन्न चौथो अन्तर वडा स्तरीय नकअउट फुटबल प्रतियोगीको विहिवार सम्पन्न पहिलो सेमिफाईनल खेलमा वडा नम्बर ६ लाई शून्यको विरुद्ध २ गोल गर्दै वडा नम्बर ५ फाईनल प्रवेश गरेको हो ।
प्रतियोगितामा दुबै गोल वडा नम्वर ५ का तर्फ बाट उमेश मगरले गर्नु भएको थियो ।
खेलको म्याद अफ दी म्याच वडा नम्वर ५ का उमेश मगर हुनुभएको थियो वहाँलाई वडा नम्बर ६ का वडा अध्यक्ष नरेनद्र भट्टराईले नगद, ट्रफि ,प्रमाण पत्र र मेडल प्रदान गर्नु भएको थियो ।
आज शुक्रवारहुने दोश्रो सेमिफाईनल खेल वडा नम्वर १ र ४ का बिच प्रतिष्पर्धा हुने सचिव बिक्रम निरौलाले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाईनल खेल भोलि कत्तिक ४ गते हुने छ । खेल वडा नम्बर ७ विष्णुकठ्ठा स्थित श्री सिंहदेवी आधारभुत विद्यालयको खेल मैदानमा भैरहेको छ ।