logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकामा सम्पन्न चौथो अन्तर वडा स्तरीय नकअउट फुटबल प्रतियोगीको पहिले खेलमा वडा नम्बर १ विजयी


  • उमानाथ भण्डारी
  • मंगलबार, असोज ३० २०८०

कमल÷ झापाको कमल गाउँपालिकामा सम्पन्न चौथो अन्तर वडा स्तरीय नकअउट फुटबल प्रतियोगीको पहिले खेलमा वडा नम्बर २ लाई शून्यको विरुद्ध २ गोल गर्दै वडा नम्बर १ विजयी भएको छ ।
वडा नम्वर १ का तर्फ बाट भाष्कर चौलागाईँ २ गोल गर्नु भएको थियो । खेलको म्याद अफ दी म्याच समेत चौलागाईँ हुनुभएको थियो । आज मङ्गलबारको खेल वडा नम्बर ५ र ७ का बिच हुने छ ।
कमल गाउँपालिका खेलकुद विकास समितिका संयोजक सन्त मगरको अध्यक्षतामा भएको उद्घाटन खेलमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख ,उपाध्यक्ष प्रमिला तिवारी न्यौपाने र शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेको , वडा नम्बर ७ का वडा अध्यक्ष पृथ्विपती राईले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
खेल वडा नम्बर ७ विष्णुकठ्ठा स्थित श्री सिंहदेवी आधारभुत विद्यालयको खेल मैदानमा भैरहेको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend