logo
शुक्रबार, साउन २९ २०८३

शधमावीका विध्यार्थीलाई दुना टपरी सम्बन्धी व्यवहारीक ज्ञान


  • कुइनेटो न्युज
  • शनिबार, असोज २७ २०८०

कमल ÷ सधै किताव कमल बोक्ने विध्यार्र्थीको हातमा विहिवार बिहान साडे १० बजे विध्यालय पुग्दा विध्यार्थीको हातमा सालको पात र सिन्का थियो ।
विध्यालयमा अध्यायतर विध्यार्थीलाई व्यवहारीक ज्ञान दिने उद्येश्यले उद्यमशील महिला जागरण केन्द्रको प्रविधिक सहयोगमा विध्यार्थीलाई दुना र टपरी गास्न सिकाउने उद्येश्यले कार्यक्रम आयोजना गरिएको विध्यालयले जनाएको छ ।
विध्यार्थीको हातमा भएको सालको पात र सिन्का हेर्दा समान्य भएपछि पछिल्लो समय हरेक संस्कार र सस्कृती मनाउदा आवश्यक पर्ने दुना र टपरीका विषयमा व्यवहारीक ज्ञान दिने उद्देश्यीयल विध्यार्थीलाई कार्यक्रमको आयोजना गरिएको विध्यालयका प्रधानाध्याक मधुसुदन अधिकारीले बताउनु भयो ।
हरेक घरका विभिन्न कार्यक्रम गर्दा आवश्यक पर्ने यो दुना र टपरी आफै गान्स सिक्ने र आवश्यक परेकावेला आफ्नो घरमा आफैले उत्पादन गर्ने उद्येश्यले कार्यक्रम आयोजना गर्नु भएको छ । यसले विध्यार्थीला भोलिको दिनमा जिम्वेर बनाउने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारी न्यौपानेले बताउनु भयो ।
उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहाल उप्रतीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष बबिता वाग्लेले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend