कमल । स्वदेशमा कुनै पनि सम्भावना नदेखेर हजारांैको सङ्ख्यामा युवाहरू दैनिक विदेशिने क्रम बढी रहेका बेला झापाको कमल गाउँपालिका ६ का एक युवाले आफ्नै देशमा प्रशस्तै सम्भावना देखेर स्वदेश बाट फर्किनु भएको छ ।
अर्काको देशमा पसिना बगाउनु भन्दा आफ्नै देशमा केही गर्ने इच्छा बोकेर कमल गाउँपालिका वडा नम्बर ६ का रमेश घिमिरे स्वदेश फर्किनु भएको हो ।
विदेशमा एक दशक भन्दा बढी समय बिताउनु भएका घिमिरेलाई आफ्नै दाइ बिनोद र दिनेश घिमिरेको सल्लाह बमोजिम होटल सञ्चालन गर्न लाग्नु भएको हो ।
आफ्ना दाइहरूको आँट,सहयोग र भरोसामा आफ्नै घरमा कमल ६ स्थित मंगलवारेमा हाम्रो हलेसी होटल सञ्चालनको अन्तिम तयारीमा पुगेको रमेशले जानकारी दिनुभयो ।
आफूले सञ्चालन गर्न लागेको होटलको पूर्ण तयारी भएको छ । भोलि (असोज ८ गते) देखी होटल सञ्चालनमा आउने समेत घिमिरेले बताउनु भयो ।
आफूले सञ्चालन गर्न लागेको होटल पूर्ण रुपमा पारिवारीका वातावरणको हुनेछ भने ग्राहकको अडर बमोजिम भेज र ननभेज चिसो पेय का साथै सम्पूर्ण सेवा उपलब्धहुने समेत रमेशले जानकारी दिनुभयो ।