झापा । रिलायबल नेपाललाइफइन्स्योरेन्सले देशभरिकाउत्कृष्ट १०० अभिकर्ताहरूलाई विभिन्नविधामा सम्मान गरेको छ।
पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड इस्पामा भदौ २२ शुरु भएको कार्यक्रममाआर्थिक वर्ष २०७९ ÷ २०८० माएजेन्सीतर्फ साथै व्यक्तिगतअभिकर्ता कोडमा समेत नेपालभरिबाट रिलायबल नेपाललाइफइन्स्योरेन्स भद्रपुर शाखाका एमडिआरटी तथासिनियर एजेन्सी मेनेजर बाबुरामअधिकारी प्रथम स्थानहासिलगर्न सफल हुनुभएको छ ।
त्यस्तै एजेन्सीतर्फ बिर्तामोड शाखाका एमडिआरटी तथासिनियर एजेन्सी मेनेजर प्रेमराजगिरी तृतीयभएका छन् ।उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको छ । कम्पनीकाकार्यकारी प्रमुख (सिइओ)नारायण बाबु लोहनीले उद्घाटन गरेकाकार्यक्रममाकम्पनीकाप्रमुखप्रबन्धक शैलेन्द्र श्रेष्ठले स्वागतमन्तव्य राख्नुभएको थियो ।
वरिष्ठ सहायकमहाप्रबन्धकदीपेश बाबु तिवारी र वरिष्ठ प्रबन्धकयुवराज ज्ञवालीले कम्पनीको भावी योजना र नयाँबिमा योजनाको बारेमा प्रस्ट पार्नुभएको थियो ।
साथै कम्पनीकावरिष्ठ प्रबन्धक कल्याण राजहलुवाई समेतको उपस्थिति रहेको कार्यक्रममा सातै वटा प्रदेशकाप्रमुख र उत्कृष्ट केहीशाखाका मेनेजरहरू समेतको उपस्थितिमा रहेको थियो । कार्यक्रममाअन्तर्राष्ट्रिय उत्प्रेरकद्वारा चार घण्टासम्म उत्प्रेरणा जगाउने काम समेत भएको थियो।