logo
शुक्रबार, साउन २९ २०८३

जेनियुन एजुकेशन एण्ड भिसा सर्भिस द्वरा पुर्वका प्रमुख शहरमा शैक्षिक परामर्श मेलाको आयोजना गर्ने


  • कुइनेटो न्युज
  • मंगलबार, भाद्र १९ २०८०

दमक । जेनियुन एजुकेशन एण्ड भिसा सर्भिस द्वरा पुर्वका प्रमुख शहरमा शैक्षिक परामर्श मेलाको आयोजना गर्ने भएको छ ।
जेनियुन एजुकेशन एण्ड भिसा सर्भिसले विदेशमा अध्ययन गर्न जाने विधार्थीहरुलाई मध्यनजर गरी झापा लगायतका मुलुकका ५ शहरमा जेनियुन एजुकेशनले शैक्षिक मेला गर्ने भएको हो । झापाको दमक ८ स्थित टयाक्सी स्टेण्डमा रहेको जेनियुनको कार्यालयमा भदौ २१ गते दमक ,२२ गते विर्तामोड र २३ गते इटहरीमा, २९ गते चितवन र असोज ३ गते काठमाण्डौंमा शैक्षिक मेला आयोजना गर्ने कार्यक्रम तय गरिएको जेनियुन एजुकेशन एण्ड भिसा सर्भिस दमकका निर्देशक छवि खनालले बताउनु भयो ।

जेनियुन एजुकेशन एण्ड भिसा सर्भिसले आज दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा शैक्षिक मेलाको पूर्व तयारी,पत्रचार लगायतका कामसकिएको निर्देशक खनालले जानकारी दिनु भयो । शैक्षिक मेलामा सहभागी विधार्थी र अभिभावकहरुलाई परामर्श दिन कलेज तथा विश्व विधालयका प्राध्यापक र प्रतिनिधि आउने जेनियुन एजुकेशन एण्ड भिसा सर्भिस दमकले जनाएको छ ।

विधार्थीहरुको चाहाना र अभिभावकको सहयोगमा सहज ढंगले अष्टेलियाका विभिन्न विश्व विधालयहरु एवम् कलेजहरुको अध्ययनको आधार ,त्यहाँको वातावरण ,निति नियमको वारेमा जानकारी दिन शैक्षिक मेला आयोजना गरिएको खनालले जानकारी दिनु भयो । मेलामा सहभागी विधार्थी र अभिभावकले राखेका समस्या ,जिज्ञासाको जवाफ दिने साथै अध्ययनको विषयमा सहजीकरण गर्ने जेनियुन एजुकेशन एण्ड भिसा सर्भिसले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend