logo
मंगलबार, कार्तिक ११ २०८३

नेवार समुदायको लाखें जात्रा तथा ठाकठुके नृत्य


  • कुइनेटो न्युज
  • मंगलबार, भाद्र ५ २०८०

नेवार समुदायको लाखें जात्रा तथा ठाकठुके नृत्य झापाको बिर्तामोड–३ स्थित लिंकन मण्टेश्वरी बिद्यालयबाट शुरु भएको छ । नेवाः देय् दबू बिर्तामोड नगर समितिले प्रत्येक बर्ष आयोजना गर्दै आएको लाखें नाच तथा ठाकठुके नृन्य यसबर्ष भने सोमवार (आज) लिंकन मण्टेश्वरी स्कुलबाट शुरु गरेको हो ।
नागपञ्चमीको अवसर पारेर बिर्तामोड–९ भिमसेन मन्दिरमा बिहान पूजा गरेर लाखे नाच शुरु गरिएको नेवाः देय दबू बिर्तामोड नगर समिति अध्यक्ष छत्रबहादुर श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार यस बर्षको लाखे तथा ठाकठुके नृत्य लिंकन मण्टेश्वरीबाटै उद्घाटन भएको हो । नेवार समुदायको धर्म, स्ांस्कृति परम्परालाई जर्गेना गर्दै युवा पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले लाखे तथा ठाकठुके नाच प्रत्येक बर्ष गर्दै आएको अध्यक्ष श्रेष्ठको भनाई छ । प्रत्येक बर्ष गठेमंगलदेखि कृष्णअष्ठमीसम्म लाखे जात्रा मनाउँदै आएको उनले जानकारी दिए ।
धेरै पहिले नेपाल (अहिलेको काठमाडौं उपत्यका) मा एउटा रातो राक्षस आएर दैनिक मान्छे खाएर आतङक सिर्जना गरेपछि मानव रक्षाका लागि तान्त्रिकको सल्लाह अनुसार लाखे ल्याएर नचाएपछि मान्छे मार्ने समस्या समाधान भएको भनाई रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।
लाखे ल्याएपछि त्यहाँ भएका सवै नकारात्मक पक्ष साम्य भएर गएको र त्यसैलाई नेवार समुदायले परम्पराकै रुपमा लाखे जात्रा मनाउँदै आएको मान्यता रहेको अध्यक्ष श्रेष्ठले बताए ।
यता लिंकन मन्टेश्वरी स्कुलका सञ्चालक सरोज पौडेलले नानीबाबुहरुलाई नेवार समुदायको परम्पराका बिषयमा जानकारी गराउने उदेश्यले लाखे तथा ठाकठुके नृत्य बिद्यालयमा ल्याएर नचाएको बताए ।
5 Attachments • Scanned by Gmail

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend