logo
शुक्रबार, साउन २९ २०८३

रास्वपाका सभापति लामिछाने झापा आउन


  • सरोज पौडेल
  • आइतबार, साउन २८ २०८०

विर्तामोड । आगामी भदौ १ र २ गते जिल्ला स्तरिय जनसभा आयोजना गरिएको र सो जनसभालाई सम्बोधन गर्न लामिछाने झापा आउन लागेको रास्वपाका प्रचार संयोजक उदय काफ्लेले जानकारी दिनुभयो ।पार्टि सभापति सहित अन्य केन्द्रिय नेताहरु पनि झापा आउने बताईएको छ ।
जनसभामा सभापति लामिछाने सहित महामन्त्री डा. मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार, केन्द्रिय सदस्य तथा संघीय सांसद मनिस झा, नीशा डाँगी, रमेश प्रसाई लगायतले सम्बोधन गर्ने प्रचार संयोजक काफ्लेले जानकारी दिनुभयो ।

जनसभा बिर्तामोड , दमक सहित झापाका विभिन्न पालिकामा आयोजना हुने बताइएको छ ।श्रावण ३२ गते इलामको सुर्योदय नगरपालिकाको जनसभा लाई सम्बोधन गरेर झापा आउने लामिछानेको सचिवालयले जनाएको छ । बिर्तामोडको सिटि सेन्टर र दमक चोकमा रहेको गोर्खा डिपार्टमेण्टको प्राङ्गणमा जनसभाहुने पार्टीले जनाएको छ ।लामिछाने सांसद निर्वाचित भएपछि पहिलोपटक झापा आउन लाग्नु भएको हो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend