कमल । समावेशी महिला सशक्तिकरण केन्द्र झापाको नवौं साधारण सभा बाट अध्यक्षमा पूर्णिमा देवान सर्व सम्मत निर्वाचित हुनुभएको छ ।
कमल ३ स्थित सिंहदेवी सामुदायीक भवनको सभाहलमा सम्पन्न साधारण सभा बाट समितिको वरिष्ठ उपाध्यक्षमा माण्डुका देबी आचार्य ,उपाध्यक्ष अमृता लामा, सचिव नविना निरौला, सह सचिव देविमाया वानिया, कोषाध्यक्ष रनमाया लिम्बु समेत सर्बसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक शरणकुमार परापुलीले जानकारी दिनुभयो ।
त्यस्तै सदस्यमा पवित्रा अधिकारी,उर्मिला रिजाल, राधा भण्डारी,नानुमैया कार्की,कविता राई,सिर्जना ढकाल (दाहाल) र दिव्यकला थेवे निर्वाचित हुनुभएको पराजुलिले बताउनु भयो ।
केन्द्रकी अध्यक्ष श्रृजना निरौला पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशकी सांसद तारा ढकाल, मानार्थ सदस्य मेनुका काफ्ले, नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाकी उपाध्यक्ष चन्द्रा भण्डारी, कमल उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र अधिकारी, जग्गा दाता लेखनान खतिवडा मेचि सामुदायीक सिकाई केन्द्र निवर्तमान अध्यक्ष मात्रीका नेपाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम केन्द्रकी सचिव भगवती राईले सन्चालन गर्नु भएको थियो भने कोषध्यक्ष सेलिना राईले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

साधारण सभाको अवसरमा मानार्थ सदस्य मेनुका काफ्ले, कोशी प्रदेश सांससद तारा ढकाल, कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने, आविजन सदस्य ठममाया पौडेल , जेष्ठ सदस्य शान्ता मुखीयालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।