वडा कार्यालयमा छलफल गर्दै स्थानिय
कमल । आजभोली दुले चोरको बिगबिगी हुन थालेको छ ।
दुले चोरले गए राती कमल गाउँपालिका ३ बोहोरा टोल निवासी हेम बहादुर भण्डारीको घर बाट लाखौं मूल्य बराबरको समान चारीको छ ।
चोरले रातको समयमा भण्डारीको घर बाट सुनको बेरुवा रिङ्ग ४ थान‚ झर्के थाल ३ थान‚ स्टिल गिलास लगायतका समान चोरी गरेको छ । चोरी गरिएका सामानको मूल्य १ लाख रुपैयाँ भन्दा बढी रहेको भण्डारीले बताउनु भयो ।पछिल्लो समय चोरले स्थानिय ६ वटा घरबाट मोवाईल‚ कपडा‚ सुन खान पकाउने भाँडाकुँडा ‚थाल बोटुका लगायतका सामान चोरी स्थानीयले बताएका छन् ।
यसरी गाउँमा दुले चोरको बिगबिगी हुन थालेपछी स्थानीय बासीले वडा कार्यलयको ध्यानाकर्षण गराएको छन् । स्थानीय वासीले वडा कार्यले सँग सिसी क्यामेरा जडान‚रातको समयमा प्रहरीको गस्ती बढाउनु पर्ने तथा स्थानीय युवाहरूले आफै पनि आफ्नो एरियाको गस्ती गर्ने लगायतका विषयमा छलफल भएको हाम्रो टोल विकास संस्थामा अध्यक्ष आशिष लेछर्बोले जानकारी दिनुभयो ।

सामान चारी भएको भण्डारीको घर
लागूऔषध प्रयोगकर्ताको कारण गाउँमा दुले चोरको बिगबिगी भएको हुन सक्ने स्थानियको बुझाइछ । दिनमा घरमा कोही नभएको मौका छोपी र रातको समयमा गर्मीका कारण झ्याल ठोका खल्ला राखेर सुतेका कारणले पनि चोरले चोरी गरेको सानुकेर्खा टोल विकास संस्थाका अध्यक्ष लेखनाथ सुवेदी बताउनुहुन्छ ।
दुले चोरको बिगबिगी हुन थाले पछि अब यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा वडा कार्यलयको ध्यानाकर्षण भएको छ । रातको समयमा प्रहरीको गस्ती बढाउने र स्थानीय युवालाई पनि परिचालन गरी समस्याको समाधान गर्ने तफर् वडा कार्यालय लग्ने कमल गाउँपालिका ३ नम्बर वडाका कार्यवाहक अध्यक्ष केशरा बर्देवाले जानकारी दिनुभयो ।