साउदी अरब । गत ३० जुन २०२३ शुक्रबारका दिन मुस्लिम समुदायको महान पर्व इद अल अधा–२०२३ को पावन अवसरमा ल्च्ल्ब् – च्ऋऋ ताबुकको आयोजनामा पुरुष भलिबल प्रतियोगिता, बृहत् सास्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया कार्यक्रम भव्यताको साथ सम्पन्न भयो ।
उक्त कार्यक्रमको सभापतित्व क्षेत्रीय समन्वय समिती ताबुकका वर्तमान अध्यक्ष नर बहादुर खतिवडाले गर्नु भएको थियो भने विशिष्ट अथिती महावाणिज्यदूतावास जेद्दाका महावाणिज्यदूत भुवन पौडेल रहनु भएको थियो ।
प्रमुख अथितीद्वय आर सि सि ताबुकको संरक्षक साथै सल्लाहकार भक्त बहादुर हमाल आर सि सि जेद्दाका वर्तमान अध्यक्ष डि पि अर्याल बाट अथितिहरुमा आर सि सि जेद्दाका सह–सचिव देवराज अर्याल ,सह–कोषाध्यक्ष आनन्द पाण्डे , लक्ष्मण रोकाया हिमाल रेमिटको प्रतिनिधि मोहन खनाल , कुमारी रेमिटका प्रतिनिधि दिपक तामाङ , लुलु सुपरमार्केटका प्रतिनिधि शक्ति भट्ट र सुलभ रिक्रुमेन्टसका प्रतिनिधि बुद्धिप्रसाद बास्तोला , ताबुक र ताबुक आसपासमा रहनुभएका दाजुभाइ तथा दिदिबहिनिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा आमन्त्रित महामहीम राजदूत नवराज सुवेदी र कार्यवाहक महावाणिज्यदूत शत्रुधन पोखरेल समय व्यस्तताको कारण भौतिक रुपमा उपस्थिति नभएता पनि उहाँहरुले पठाउनु भएको भिडियो शुभकामना सन्देश उपस्थित महानुभावहरुलाई प्रोजेक्टर मार्फत देखाइएको थियो ।
कार्यक्रमलाई भव्य रुपमा सफल पार्नको लागि प्रायोजक गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, साउदी अरबकी वरिष्ठ उपाध्यक्ष श्रीमती रविना अर्याल साथै सह–प्रायोजक हरुमा हिमाल रेमिट ताबुक शाखा, कुमारी रेमिट ताबुक शाखा,लुलु सुपरमार्केट ताबुक शाखा, आर सी सी जेद्दा, अल साफी कप्पनीमा कार्यरत साजन तामाङ, रेशम थापा शुशिल तामाङ, सनम चौधरी थापा र बिश्नु थापा तथा सुलभ रिक्रुटमेन्ट बसुन्धरा, काठमाडौंले गरका थिए ।
पुरुष भलिबल प्रतियोगितामा आयोजक टिम सहित १० टिमको सहभागिता थियो । जसमध्ये नियोम–१ ले प्रथम स्थान र लुलु सुपरमार्केटले दोस्रो स्थान हासिल गरेको थियो ।
कार्यक्रमको अर्को मुख्य आकर्षण नेपाली महिला दिदीबहिनीहरुले बनाएको नेपालीपनको झल्को दिने मःम, चाउमिन र सेलरोटीको परिकारले अर्को मिठास दिएको थियो। कार्यक्रममा उपस्थित हुने अधिकाश महानुभावहरुले नेपालमै भएको अनुभूति गरायो र यस्ता कार्यक्रम आगामी दिनमा अझै परिस्कृत बनाउदै सन्चालन गर्नुपर्ने सहभागीले बताउनु भएको छ ।
कार्यक्रममा विशिष्ठ अथिती महावाणिज्यदूत भुवन पौडेलले साउदी कानुनले वर्जित गरेको कुनै काम नगर्न नेपाली समुदायलाई आग्रह गर्नु भएको थियो भने गित संगीत र खेलकुदको माध्यमबाट जिवनमा हुने फाइदाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
महावाणिज्यदूत भुवन पौडेलले श्रमिकहरुको गुनासोहरु सुनी दूतावासको तर्फबाट समस्याको समाधनका लागि सक्दो सहयोग रहने बताउनु भयो।
अन्त्यमा सभापतिले आफ्नो छोटो मन्तव्य साथै विजयी खेलाडिहरुलाइ बधाइ र शुभकामना, प्रायोजक र सह–प्रायोजकहरुलाइ विशेष धन्यवाद दिदै कार्यक्रमको विधिवत समापन गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य श्रीमती सावित्रा बन शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन आर सि सि ताबुकका उपाध्यक्ष युवराज पोखरेल र प्रवक्ता शक्ति भट्टले सञ्चालन गर्नुभएको थियो।