logo
शुक्रबार, साउन २९ २०८३

श्रावण ३ गते को राशीफल


  • कुइनेटो न्युज
  • बुधबार, साउन ३ २०८०

#मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ )

परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।

#वृष राशी- (इ, उ, ए, ओ, वा, वी, वू, वे, वो)
आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ ।

#मिथुन राशी – (का, की, कु, घ, ङ, छ, के, को, हा)
आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कमको थालनी हुनसक्छ र वैदेशिक कार्यमा मन पनि जानेछ ।

#कर्कट राशी – (ही, हु, हे, हो, डा, डी,डू, डे, डो)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ ।

#सिंह राशी – (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । नजिकको व्यक्तिबाट धोका पाइएला, सचेत रहनुहोला ।

#कन्या राशी – (टो, पा, पी, पू, ष,ण, ठ, पे, पो)
आज कुनै राम्रो  कुराले अनुहारमा चमक आउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा भने सामान्य सफलता मिल्ला ।

#तुला राशी – (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । महिला वर्गबाट विशेष सहयोग मिल्नसक्छ ।

#वृश्चिक राशी-( तो, ना, नी, नू, ने,नो, या, यी, यू)
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

#धनु राशी – (ये, यो, भा, भी, भू,धा, फा, ढा,भे)
आज तपाईंको सामान हराउन सक्छ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

#मकर राशी – (भो, जा, जी, जु, जे, जो, खा, खी,खू, खे, खो, गा, गी)
शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनुहोला ।

#कुम्भ राशी- (गू, गे, गो, सा, सी,सू, से, सो, दा)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

#मीन राशी- (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम विस्तारै अघि बढ्नेछ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend