logo
शुक्रबार, साउन २९ २०८३

आषाढ २९ गतेको राशीफल


  • कुइनेटो न्युज
  • शुक्रबार, असार २९ २०८०

मेष–कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ  । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।   दिगो फाइदाका लागि लगानी गर्ने समय छ ।

वृष–अचानक धनागमन हुन्छ ।स्वादिष्ट भोजनमा मन रमाउनेछ। अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् ।

मिथुन–खर्चको मात्रा  बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ  । बिलासीतामा दिन बित्छ ।

कर्कट– आसा पूरा हुनुका साथै सन्तोष प्राप्त हुन्छ  । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि भने  परिनेछ ।

सिंह–रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

कन्या–गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि–चौपायामा केही समस्या देखिन्छ नसोचेको ठाउँमा धन खर्च  हुनेछ ।

तुला–बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ ।लाभ संगै शत्रू भय रहनेछ ।

वृश्चिक–समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

धनु–लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।

मकर–कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला। हानी हुन सक्छ ।

कुम्भ–नयाँ काम  पाइनेछ ।उच्च सम्मान प्राप्त हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ।

मीन–बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend