मेष-अचल सम्पत्ति जोड्ने योग बनेको छ । आर्थिक अवस्था बलियो रहँदा लगानी गर्न सकिनेछ । आजको दिनमा मिष्टान्न भोजन प्राप्त हुन्छ ।
बृष-स्वास्थ्य समस्याले सताउनेछ । काम गरेर जस नमिल्दा नैराश्यता छाउनेछ । विपक्षीले कमजोरीको फाइदा उठाउनेछन् ।
मिथुन-आम्दानीका स्रोतहरु फेला पर्नेछन् । आर्थिक पक्ष बलियो रहनेछ । सानो लगानीले नै धेरै लाभ मिल्दा काम गर्ने हौसला थपिनेछ ।
कर्कट-बोलीको कदर हुनेछ । पढाइमा मन जानेछ । अघिदेखिका समस्यालाई हल गर्न सकिनेछ । विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ ।
सिंह-सामान्य कार्यमा भुल्दा गर्नै पर्ने महत्वपूर्ण कार्य अन्योलमा पर्नेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्दा दैनिक कार्यमा समेत समस्या सिर्जना हुनेछ ।
कन्या-आर्थिक आम्दानी भए तापनि सही स्थानमा लगानी गर्न सकिने छैन । आफन्तजनसँग टाढिनु पर्नेछ ।समय सामान्य रहेको छ ।
तुला-कर्म क्षेत्रमा नयाँ परिवर्तन आउनेछ । मायाप्रेमको गाँठो कसिलो बन्नेछ । इमान्दारिताका कदर हुनेछ ।
वृश्चिक-आर्थिक पक्षमा सुधार हुँदा, सहज हुनेछ । भाग्यले साथ दिँदा थालेका अधिकांश कार्यले उचित स्थान पाउनेछन् ।
धनु-प्रतीक्षित नतिजामा गिरावट आउँदा, चिन्ता बढ्नेछ । अष्टमेश चन्द्रमा ग्रहले गर्दा असन्तोषी प्रवृत्ति रहनेछ ।
मकर-साथीभाइसँगको रमाइलो जमघट हुनेछ । जोखिमयुक्त कार्यलाई पनि सरल तरिकाले गर्न सक्दा प्रशंसकहरु बढ्नेछन्।
कुम्भ -हर्षको खबर मिल्नेछ । आत्मकारक ग्रहको पूर्ण दृष्टि परेको छ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउन बाध्य हुनेछन्।
मीन -व्यवसायबाट आत्मसन्तोष मिल्नेछ । शैक्षिक क्षेत्रमा समेत उन्नतिको होला ।नोकरीमा प्रशंसा एवं अवसर मिल्नेछ । छोटो रमाइलो यात्राको अवसर मिल्ने छ ।