कमल । प्रतिबन्धित लागुऔषध सहित २ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका महिलाहरुमा झापा कमल गाउँपालिका वडा नं.३ निवासी २४ वर्षिय सन्ध्या राई र शिवसताक्षी नगरपालिका.९ झरना टोल निवासी २४ वर्षिय झरना बि.क. रहेको प्रहरीले जनाएको छ ।
बि.क.ले आफ्नै घरमा प्रतिबन्धित लागुऔषध बिक्रि बितरण गरिरहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले बि.क.को घर भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम ५०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बि.क कै घर बाट राईलाई समेत नियन्त्रणमा लिईर ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।