logo
सोमबार, भाद्र १ २०८३

योग शिविर समापन


  • कुइनेटो न्युज
  • बिहिबार, जेष्ठ १८ २०८०

कमल । दमकमा सन्चालित पाँचदिने योग शिविर आज एक औपचारीक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
दमक ५ स्थित उज्यालो दमक र दिपिनी साधना केन्द्रको आयोजनामामा तथा पतन्जलि योगसमिति झापा र महिला पतन्जलि योग समिति झापाको संयुक्त व्यवस्थापनमा सम्पन्न पाँचदिने योग शिविर आज एक औपचारीक कार्यक्रमका विच समापन भएको छ । दैनिक बिहान ५ बजे देखी ६.३० बजे सम्म सन्चालन भएको शिविरलाई हिमशिखर टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।
शिविरमा दमकका विभिन्न स्थानमा सन्चालित योग शाधना केन्द्रका साथै कमल गाउँपालिका र गौरादह नगरपालिकाका योग शिक्षक तथा साधक साधिकाको उपस्थित रहेको थियो । शिविरमा उपस्थित योग शिक्षक तथा साधक साधिकालाई पतन्जलि योग समिति कोशी प्रदेशका महामन्त्री लक्ष्मिप्रसाद काफ्लेले प्रशिक्षाण गर्नु भएको थियो ।
समाजमा न्युन आर्थीक अवस्था भएका व्याक्तिलाई सहयोग गर्नूृका साथै आर्थिक अवस्था कमजोर भएर विध्यालय जान बाट बन्चित वालबालिकालाई पढाउउनुका साथै समाज रुपान्तरणका लागी विभिन्न सामाजिक काम गर्दै आएको आएको उज्यालो दमकले पछिल्लो समय योगको माध्यम बाट सबैलाई स्वस्थ्य बनाउने उद्येश्यले योग शिविरको आयोजना गरेको उज्यालो दमकका प्रतिनिधी राजेन्द्र ढकालले बताउनु भयो ।
योग शाधना केन्द्रमा गएर दैनिक योग गर्न नसक्ने योग पे्रमि साधक साधिका हरुकालागी घरमै टेलिभिजन अगाडी बसेर योग गर्न सकियोस भनेर हामिले प्रत्यक्ष प्रशारण गरेका हौ । यसले आम टेलिभिजन दर्शकलाई आफ्नो समस्या अनुसार टेलिभिजन हेर्दै योग गरेमा आफु आफुभित्र भएको समस्या न्युनिकरण हुने हिमिशिखर टेलिभिजनका अध्यक्ष ध्रुवप्रसाद न्यौपानेले बताउनु भयो ।
पतन्जलि योग समिति झापाका अध्यक्ष देवि प्रसाद घिमिरेले जनजनमा योग पुर्यउनकालागी यो सुवर्ण अवसर हो । यस्ता कार्यक्रम हरेक नेपाली सम्म पुर्यउन आवश्यक छ । योग शिविर सञ्चलान गर्न सहयोग गर्ने उज्यालो दमक र त्यो कार्यक्रमलाई प्रत्यक्ष प्रशारण गरेर सहयोग गर्ने हिमशिखर टेलिभिजनलाई धन्यवाद दिनुभयो ।
त्यस्तै कार्यक्रममा पतन्जलि योग समिती कोशी प्रदेश सदस्य मिना कोईराला, झापाका महामन्त्री शुशिल निरौला , संगठन मन्त्री रुद्र ओली, कोषाध्यक्ष जगन्नाथ खनाल, लगाएत जिल्ला नगर तथा गाउँ समितिका प्रतिनिधीहरको उपस्थिती रहेको थियो
शिविर समापन कार्यक्रम दिपिनी योग शाधना केन्द्रका अध्यक्ष किरण उप्रतीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम महिला पतन्जलि योग समिति झापाकी अध्यक्ष सुशिला निरौलाले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend