logo
शुक्रबार, साउन २९ २०८३

जातीय विभेद विरुद्ध महाकाली देखि मेची साइकल यात्रा


  • कुइनेटो न्युज
  • बुधबार, बैशाख २७ २०८०

दमक . जातीय विभेद विरुद्ध महाकाली देखि मेची साइकल यात्रा गर्दै आउनु भएकी राष्ट्रिय दलित पत्रकार संघको केन्द्रीय सचिव रिता बुढाथोकीले जातीय विभेद खेप्नेहरुका लागि होइन विभेद गर्नेहरुका विरुद्ध ठोस कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।
राष्ट्रिय दलित पत्रकार संघ झापाले आज पत्रकार मञ्च दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केन्द्रीय सचिव बुढाथोकीले विभेद लाद्नेहरुका विरुद्ध ठोस कार्यक्रम ल्याए मात्र जातीय विभेद अन्त हुने बताउनु भएको हो । सुदुर पश्चिमको महेन्द्र नगर स्थित गढा चौकी देखि गत बैशाख ६ गतेवाट साइकल यात्रा गर्दै बुढाथोकी सहित दलित पत्रकार संघकै लुम्वीनी प्रदेश सदस्य इन्दिरा विश्वकर्मा र अर्घाखाची जिल्ला सदस्य संगिता नेपाली हिजो राती झापाको दमक आइपुगेका हुन ।
दलित पत्रकार संघ झापाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारको जिज्ञासाको जवाफ दिदै कानुन कार्यन्वयनमा खबरदारी गर्ने ,दलित पत्रकार त्यसमा पनि महिला पत्रकारको साइकल यात्रा प्रतिकात्मक आन्दोलन भएको केन्द्रीय सचिव बुढाथोकीले बताउनु भयो ।
साइकल यात्रीको टोली आज साँझ सुदुर पूर्वको सिमाना मेची नगर स्थित काकरभिटा पुगेर भोली साइकल यात्राको समापन गर्ने उनीहरुले बताएका छन् । कार्यक्रममा दमकका दलित अगुवा काँशी खातीले २१ औं शताब्दीमा जातीय विभेद विरुद्ध बाच्न देउ भन्दै आन्दोलन गर्नु परेको बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend