logo
शुक्रबार, साउन २९ २०८३

रुचि अनुसारको कला सिकाउदै न्यूटन्स्


  • कुइनेटो न्युज
  • बिहिबार, बैशाख १४ २०८०

बिर्तामोड . बिर्तामोड नगर क्षेत्रकै नमूना र उत्कृष्ट बिद्यालयको रूपमा स्थापित न्यूटन्स् एजुकेशन एकेडेमीले समय सुहाउँदो शिक्षा प्रदान गर्दै आएको छ ।
विद्यार्थी तथा अभिभावकको उत्कृष्ट रोजाइको शैक्षिक गन्तव्यको रुपमा स्थापित  एकेडेमीले विद्यालयमा बाल मैत्री तथा शैक्षिक  रचनात्मक गतिविधिहरु मार्फत बाल मनोबिज्ञानका आधारमा पठनपाठन गर्दै आएको देखिन्छ ।
बालबालिका लाई यस बर्ष बाट उनीहरुको रुचि अनुसारको कला सिकाउन थालिएको बिद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईले जानकारी दिए ।
कक्षा ५ देखि ९ सम्मका विद्यार्थीलाई बिद्यालयमै हप्ताको एकदिन अतिरिक्तक्रियाकलाप अन्तर्गतकराते, नृत्य , गायन, चित्रकला र उद्घोषण जस्ता क्रियाकलाप मार्फत विद्यार्थी लाई थप रचनात्मक बनाउदै लगिएको प्रधानाध्यापक हुमागाईले बताए ।
किताबी ज्ञानले मात्र बालबालिका लाई पुर्ण नहुने र उनीहरुको आन्तरिक क्षमता वृद्धि गर्न विद्यार्थीको रुचि अनुसारको कक्षा संचालन गरिएको बताईएको छ ।
बिश्व रंगमञ्चमा युवापुस्ताको क्रेज र आधुनिक संचारको प्रयोग संगै बालबालिकामा भएका प्रतिभालाई व्यावसायिक बनाउन सहयोग पुगोस् भन्ने उदेश्यले सो कार्यक्रम संचालन गरिएको बताईएको छ।
स्थानीय क्षेत्रमा रहेका प्रशिक्षक मार्फत विद्यार्थीको अन्तर क्षमतालाई बिकास गर्न सहयोग पुग्ने भएकाले कार्यक्रम प्रभावकारी हुने बिद्यालयले जनाएको छ।
करिब १५ सय विद्यार्थी अध्ययन गर्ने बिद्यालयमा यातायात ,खाजा घर,खेलमैदान लगायतका सुबिधा सप्पन्न भवन र बाल मैत्री बाताबरणमा पठनपाठन हुने भएकाले अभिभावक र विद्यार्थीको आकर्षण बढ्दो मात्रामा रहेको प्रधानाध्यापक हुमागाईले बताए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend