कमल । झापाको कमल गाउँपालिका ५ नम्वर वडा कार्यालय बाट चालु आर्थिक वर्षमा सन्चालित विभिन्न सिपमुलक तालिम सम्पन्न भएका छन् ।
लक्षित समुदायका महिलाहरुलाई शिप सिकाई, आत्मनिर्भर बनाउने उद्धेश्यले गुडिया, चुरापोते र माला बनाउने लगायतका तालिमको समापन गरिएको वडा अध्यक्ष लाल बहादुर विष्टले जानकारी दिनुभयो ।
त्यसैगरी गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले तालिममा सहभागी महिलालाई प्रमाणपत्र र मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले दलित समुदायलाई नौमती बाजा वितरण गर्नु भएको थियो ।
वडामा भएका महिलालाई सिप सिकाई आत्मनिर्भर बनाउनु उद्येश्यले विभिन्न सिपमुलक तालिमको आयोजना गरिएको हो । तालिमा सिकेको ज्ञान र सिप लाई व्यवहारमा लागुगर्न अध्यक्ष राईले सहभागीलाई अनुरोध गर्नु भयो ।