logo
शुक्रबार, साउन २९ २०८३

सवारी दुर्घटनामा परि एक जना व्याक्तिको मृत्यु


  • कुइनेटो न्युज
  • बुधबार, चैत्र ८ २०७९

कमल । सवारी दुर्घटनामा परि एक जना व्याक्तिको मृत्यु भएको छ ।

पुर्व पश्चिम सडक खण्ड अन्तर्गत झापाको कमल गाउँपालिकमा ४ सितापुरीमा मंगलवार राती सवा दश बजे भएको सवारी दुर्घटनामापरी एक जना पुरुषको मृत्यु भएको हो ।
पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे.१ ज १९४२ नम्वरको वोलेरोले ठक्कर दिई घाईते भएका झापा कमल गाउपालिका वडा नम्वर. ५ निवासी वर्ष ४० का चन्द्र बहादुर राई रहेको प्रहरी चौकी केर्खाले जनाएको छ ।

मृतकको शवलाई पोष्र्टमार्टमकालागी दमक अस्पतालको शव गृहमा राखिएको छ भने ठक्कर दिने गाडि सो गाडीका चालक ईलाम नगरपालिका २ निवासी बर्ष ३२ का पेम्बा तामाङलाई नियन्त्रणमा लिएर थप अनुशन्धानकालागी ईलाका प्रहरी कार्यालय दमकमा पठाईएको चौकीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend