logo
मंगलबार, कार्तिक ११ २०८३

प्रतिबन्धित लागुऔषध र स्कुटी सहित एक महिला प्रहरीको नियन्त्रणमा


  • कुइनेटो न्युज
  • शनिबार, फाल्गुन २७ २०७९

कमल । प्रतिबन्धित लागुऔषध र स्कुटी सहित एक व्याक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भद्रपुर नगरपालिका वडा नम्वर ५ मेचीपुल स्थित प्रहरी बिट बाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश नं.१–०१–०१३ प.१९७३ नं.को स्कुटीलाई शंकालागि चेकजाँच गर्ने क्रममा चुलाचुली गाउँपालिका वडा १ निवासी अन्दाजी बर्ष ३४ की मञ्जु चापागाईको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।


चापागाईको साथ बाट प्रहरीले १६ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर , नगद ५हजार ७५ रुपैया र रेड्मी मोबाईल १ थान फेला परेकोले निजलाई स्कुटी, बरामद भएको लागुऔषध, नगद र मोबाईल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरलिे जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend