logo
मंगलबार, कार्तिक ११ २०८३

समावेशी महिला द्वारा आयोजित गुडिया बनाउने तालिम समापन


  • कुइनेटो न्युज
  • शनिबार, फाल्गुन ६ २०७९

कमल । समावेशी महिला शसक्तिकरण केन्द्र द्वारा आयोजित गुडिया बनाउने तालिम समापन भएको छ ।
कमल गाउँपालिका ३ नम्वर वडाको आर्थिक सहयोगमा सन्चालित १५ दिने निःशुल्क गुडिया बनाउने तालिमको आज औपचारीक कार्यक्रमगरी समापन गरिएको हो ।
गाउँपालिकाले गाउँमा रहेका महिलालाई विभिन्न सिप सिकाई दक्ष बनाउने उद्येश्य अन्तर्गत यो तालिम सन्चालन गरिएको हो । यस्ता तालिमले गाउँमा रहेको बेरोजगार महिलालाई स्वरोजगार बनाउदै आत्मनिर्भर गराउने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।
कार्यक्रममा सहभागीका तर्फ बाट मिना चौधरी र प्रशिक्षक आशा सुब्बाले आफ्नो भनाई राख्नु भएको थियो । तालिमा ११ जना महिला सहभागी रहेको थिए ।
केन्द्रकी अध्यक्ष श्रृजना पौडेलको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा उपाध्यक्ष उषा भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव भगवती राईले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend