कमल ÷ झापाली समाज युएईले विध्यार्थिलाई छात्रवृत्ति प्रदान गरेको छ ।
सामुदायीक विध्यालयमा अध्यायनरत गरिव तथा अनाथ विध्यार्थिलाई दश वर्षे छात्रवृत्ति कार्यक्रम अन्तर्गत आज एक कार्यक्रमका बिच छात्रवृत्ति प्रदान गरिएको हो ।
छात्रवृत्ति कार्यक्रम अन्तर्गत कमल गाउँपालिका ३ स्थित शहिदधर्मभक्त माध्यमिक विध्यालयमा कक्षा १ मा अध्यायनरत बुबा आमा विहिन सबिन खड्कालाई ५ हजार ५०० रुपैयामा प्रदान गरिएको छ । सो रकम विध्यार्थिले कक्षा १० अध्यायनरत गरुन्जेल सम्म प्रदान गरिने झापाली समाज युएईका निबर्तमान उपाध्यक्ष तथा कमल गाउँपालिका संयोजक राजेन्द्र कुमार दाहालले जानकारी दिनुभयो ।
झापाका प्रत्येक सामुदायीक विध्यालयमा अध्यायनरत गरिव तथा अनाथ एकएक जना विध्यार्थिलाई छात्रवृत्ति प्रदान गरिने कार्यक्रम रहेको झापाली समाज युएईका पुर्व केन्द्रिय सदस्य मित्रलाल पोख्रेलले बताउनु भयो ।
सोहि कार्यक्रमको अवसरमा कमल गाउँपालिका स्तरिय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा उत्कृष्ट भई पदक विजेता खेलाडी लाई शहिद धर्मभक्त माध्यमिक विध्यालयको तर्फ बाट सम्मान गरिएको निमित्त प्रधानाध्यापक मधुसुधन अधिकारीले जानकारी दिनुभयो ।