कमल । कमल गाउँपालिका ३ केर्खा बाट लागुऔषध सहीत एक जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोप्य सुचनाको आधारमा प्रहरी चौकी केर्खा बाट खटिएको टोलिले वडा ३ स्थित गोसलाईन बाट शनिवार विहान ६ बजे लागुऔषध विक्रिवितरण गरिरहेको अवस्थामा राजकुमार लावती (टाउके) लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानकालागी ईलाका प्रहरी कार्यलय दमकमा पठाएको केर्खा प्रहरीले जनाएको छ ।