logo
शुक्रबार, साउन २९ २०८३

सामाजिक सस्थाको आयोजनामा खुल्ला रक्तदान र नि ः शुल्क आँखा शिविर


  • मदन अधिकारी
  • सोमबार, माघ २३ २०७९

कमल । झापाको कमल गाउँपालिका ५ स्थित गुह्येश्वरी सामाजिक सस्थाले खुल्ला रक्तदान र निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
कमल गाउँपालिका ५ स्थित गुह्येश्वरी आधारभूत विद्यालयको प्राङ्गणमा खुल्ला रुपमा भएको रक्तदान कार्यक्रममा १२ महिला र २९ जना पुरुषले गरि जम्मा ४१ जनाले रक्तदान गर्नु भएको थियो । रक्तदानमा कमल गाउँपालिका ५ बस्ने सामाजिक ब्यक्ति युवराज कार्कीद्धारा दुर्लभ मानिएको ब्द्य नेगेटिभ रगत पनि संकलन भएको थियो ।
त्यसैगरि मेची आइ केयर को सहयोगमा भएको निःशुल्क आँखा शिविरमा जम्मा ३७० जनाले ओ.पि.डि. सेवा लिएका थिए । सेवा लिएमा मध्ये चश्माको आवश्यक परेका १८० लाई हेल्पिङ हेण्ड हेल्थ एजुकेशन नेपालले निःशुल्क चस्मा वितरण गरेको सस्थाका सचिव अभिषेक घिमिरेले जानकारी दिनु भयो ।
आँखा जाँचका क्रममा ३१ जनामा मोतियाविन्दु देखापरेको थियो ।त्यस मध्ये बिपन्न र आर्थिक अवस्था कमजोर भएका १५ जनालाई निःशुल्क र बाँकीलाई पनि विशेष छुटमा शल्यक्रिया गरिदिने मेची आइ केयर दमक शाखाका डाक्टर अशोक तिवरीले प्रतिवद्धता जनाउनु भएको थियो ।
नेपाल रेडक्रस सोसाईटी दमक र लखनपुर उप शाखा,मेची आइ केयर, हेल्पिङ हेण्ड हेल्थ एजुकेशन नेपालको सहकार्यमा सञ्चालन भएको शिविर समापनमा सस्थाका अध्यक्ष गोपाल बहादुर निरौलाले सहकार्य गरि सहयोग गर्ने सस्थाहरुलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend