कमल । ईलाका प्रहरी कार्यालय अनारमनी बाट खटीएको प्रहरी टोलीले लागुऔषध सहीत २ जना युवालाई नियन्त्रणमा लिएको छ ।
विर्तामोड नगरपालिका वाडा नम्वर ९ डाँडागाउँ निवासी बर्ष २२ का अर्जुन आले मगर र वडा नम्वर १० निवासी बर्ष ३८ का कृष्ण लिम्बुलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखीने खैरो पदार्थ सहित नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका व्याक्ति बाट प्रतिबन्धित लागुऔषध १ ग्राम र नगद १० हजार ५ सय फेला परेकोले निजजहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।